नगरपालिकाद्वारा पत्रकारको १० लाखको दुर्घटना बीमा « Khabarhub

नगरपालिकाद्वारा पत्रकारको १० लाखको दुर्घटना बीमा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । 

नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे। आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यविधि बनाएर व्यवस्थित गरिएको महानगरप्रमुख रेग्मीले जानकारी दिए ।

कार्यविधिमा बीमाका लागि नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिमा महासङ्घका अध्यक्षसमेत रहने कार्यविधिमा उल्लेख छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिनभित्रै महासङ्घका सदस्यको बीमा हुने बताइयो  ।

महानगरप्रमुख रेग्मीले भने, ‘यसबाट पत्रकार र तीनका परिवार लाभान्वित हुनेछन् ।’ कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहे पनि  भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गर्न लागिएको हो

उक्त नगरपालिकाले यसअघि गत आर्थिक वर्ष पत्रकारका लागि रु सात लाखको र  अघिल्लो वर्ष रु तीन लाखको दुर्घटना बीमा गराएको थियो । अबका वर्षमा कार्यविधि नै बनाएर रु १० लाखसम्मको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई १० लाख र घाइतेले  उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिने भएको छ ।

नगरपालिकाकी उपप्रमुख विमला तामाङले नगरपालिका र महासङ्घबीच संस्थागतरुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताए । महासङ्घका अध्यक्ष अधिकारीले हाल महासङ्घमा दुई सय ७६ पत्रकार रहेकामा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर अन्य सबैको बीमा गरिने बताए । संस्थागतरुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकामा खुसी प्रकट गर्दै उनले यसबाट पत्रकार र परिवार लाभान्वित हुने उल्लेख गरे ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : २२ बजे

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा