नगरपालिकाद्वारा पत्रकारको १० लाखको दुर्घटना बीमा | Khabarhub Khabarhub

नगरपालिकाद्वारा पत्रकारको १० लाखको दुर्घटना बीमा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । 

नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे। आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यविधि बनाएर व्यवस्थित गरिएको महानगरप्रमुख रेग्मीले जानकारी दिए ।

कार्यविधिमा बीमाका लागि नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिमा महासङ्घका अध्यक्षसमेत रहने कार्यविधिमा उल्लेख छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिनभित्रै महासङ्घका सदस्यको बीमा हुने बताइयो  ।

महानगरप्रमुख रेग्मीले भने, ‘यसबाट पत्रकार र तीनका परिवार लाभान्वित हुनेछन् ।’ कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहे पनि  भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गर्न लागिएको हो

उक्त नगरपालिकाले यसअघि गत आर्थिक वर्ष पत्रकारका लागि रु सात लाखको र  अघिल्लो वर्ष रु तीन लाखको दुर्घटना बीमा गराएको थियो । अबका वर्षमा कार्यविधि नै बनाएर रु १० लाखसम्मको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई १० लाख र घाइतेले  उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिने भएको छ ।

नगरपालिकाकी उपप्रमुख विमला तामाङले नगरपालिका र महासङ्घबीच संस्थागतरुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताए । महासङ्घका अध्यक्ष अधिकारीले हाल महासङ्घमा दुई सय ७६ पत्रकार रहेकामा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर अन्य सबैको बीमा गरिने बताए । संस्थागतरुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकामा खुसी प्रकट गर्दै उनले यसबाट पत्रकार र परिवार लाभान्वित हुने उल्लेख गरे ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : २२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार