पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ « Khabarhub

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले बताए । 

उनको साथबाट पत्नी, उनी आफैं र दाइको नाममा रहेको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारूसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको चहलपहललाई लक्षित गर्दै आपराधिक गतिविधि गर्न नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढमार्फत जिल्ला प्रहरी कार्यालय कलैयाको जिम्मा लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेश थापाले बरामद हतियार चन्दनकुमारले भारतमा दर्ता गरेर प्रयोगका लागि इजाजत लिएको पाइएको बताए । उनले हतियारसहित पक्राउ परेका उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘भारतका लागि इजाजत लिएको हतियार बोकेर नेपाल प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘नेपालको कानुन अनुसार उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कारबाही हुने छ ।’ 

पछिल्लो समय भारतबाट हरियारसहित नेपाल प्रवेश गरी जिल्लामा आपराधिक गतिविधि सञ्चालन गर्ने क्रम बढेको छ । दुई साताअघि हतियारसहित आएको समूहले जिल्लाको महागढीमाई नगरपालिकामा भारतीय नागरिक शिवपुजन यादवको गोली हानी हत्या गरेको थियो । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : २० बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति