प्रधानमन्त्री प्रचण्डले भोलि निर्देशनात्मक सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री प्रचण्डले भोलि निर्देशनात्मक सम्बोधन गर्ने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले आज छलफल गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि मंगलबार आवश्यक निर्देशन दिनेछन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार आज पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन्। केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। केही सचिव र विभागको विवरण मङ्गलबार प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ४० बजे

‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी

काठमाडौं– ‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन ।

एनसेल ‘सिग्नेचर प्लान’ अब झन् विशेष, दामी एक्सपिरियन्ससँगको सहकार्यमा ५० प्रतिशतसम्म छुट

काठमाडौं– एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४००

बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि संविधान

साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को

टर्नबुलको आह्वान : अस्ट्रेलिया गणतन्त्र बनोस्

एजेन्सी– अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले देशले अब बेलायती राजतन्त्रको संरचना