धमाधम कर्मचारी कटौती गर्दै सिओमी « Khabarhub

धमाधम कर्मचारी कटौती गर्दै सिओमी


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ स्मार्टमाफोन निर्माता कम्पनी सिओमीले धमाधम कर्मचारी कटौती गर्न थालेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सिओमीले विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कामबाट हटाउन थालेको हो ।

चिनियाँ श्रम कानूनअनुसार औपचारिक रुपमा २० जनाभन्दा धेरै कर्मचारीलाई हटाउँदा सरकारी निकायमा अनिवार्य जानकारी गराउनुपर्छ । सोही कारण ‘व्यापारिक अनुकूलता’ का नाममा सिओमीले कर्मचारी कटौती गरेको बताइएको छ ।

यसबारे जानकारी दिँदै उक्त कम्पनीका प्रतिनिधिले ‘नियमित व्यापारिक अनुकूलता र सांगठनिक सुव्यवस्था’ कार्यान्वयन गरेको र यसबाट केबल १० प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् ।

सेप्टेम्बर ३० मा प्रकाशित सिओमीको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीमा कूल ३५ हजार ३ सय १४ जना कर्मचारी कार्यरत छन् । यीमध्ये ३२ हजार कर्मचारी मुख्यभूमि चीनमा कार्यरत रहेको बताइएको छ ।

चिनियाँ समाचार संस्था जेमियानले जनाएअनुसार कम्पनीले स्मार्टफोन र इन्टरनेट सेवा व्यवसायका विभिन्न एकाईमा कर्मचारी कटौतीको तयारी गरिरहेको उल्लेख गरेको छ ।

कामबाट हटाइएका कर्मचारीलाई केही उपदानको समेत व्यवस्था समेत गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । कर्मचारी कटौतीपछि सिओमीको कर्मचारीलाई दिइने तलब खर्च १५ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको महामारीसँगै चीनमा लागू गरिएको कठोर शून्य कोभिड नीतिका कारण कम्पनीको बिक्री घटेको छ ।

यस कम्पनीले सन् २०२४ भित्र अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिनेर विश्वमै सबैभन्दा धेरै स्माटेफोन बिक्रेता बन्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : १६ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि