सुदूरपश्चिममा सभामुख चयनका लागि पुस २८ मा निर्वाचन हुने « Khabarhub

सुदूरपश्चिममा सभामुख चयनका लागि पुस २८ मा निर्वाचन हुने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशक समेत दिएका छन् । नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुष २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो ।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतले  स्वीकृत गरेको छ । पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन् । भाको विशेष समयमा बोल्दै शुभ कामना आदान प्रदान गर्ने प्रदेश सभा सदस्यले प्रदेशको विकासका लागि सामूहिक एकता हुनुपर्ने, बेरोजगारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेश प्रति जनताको भरोसा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने आपराधिक कृयाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन् ।

प्रदेश सभाको विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य शिवराज भट्ट, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दीर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवि विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामना सहित आफ्ना धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक पुष २८ गते दिउसो एक बजे बस्ने छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : २१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा