सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आजदेखि  सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आजदेखि  सुरु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ लाई स्वीकार गरियोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

बैठकको कारबाही प्रारम्भ गर्दै ज्येष्ठ सदस्य रावलले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै प्रदेशसभाको गरिमा कायम राखेर कार्यकाल उपलब्धीपूर्ण बनाउनमा प्रदेशसभाका सदस्य सफल हुने विश्वास व्यक्त गरे । ज्येष्ठ सदस्य रावलले प्रदेशसभा नियमावली बमोजिम आफ्नो अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य पृथ्बीबहादुर सिंह, जानकीदेवि कुवँर, चक्र मल्ल, खुशीराम चौधरी र माया पन्तलाई मनोनयन गरिएको सदनलाई जानकारी गराए ।

बैठकमा दिइएको विषेश समयमा प्रदेशसभा सदस्यले प्रदेशसभाको पाँच वर्षे कार्यकाललाई प्रदेशको समृद्धिको पक्षमा लैजान सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिए । पहिलो बैठकको विषेश समयमा नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, राप्रापाका खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले समसामयिक विषयमा बोलेका थिए । 

यसअघि ज्येष्ठ सदस्य रावलले प्रदेशसभाका सभामुखको निर्वाचन यही पुस २८ गते तोकिएको जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक यही पुस २८ गते तोकिएको छ । राज्यको पुनःसंरचनापछि गठन भएको प्रदेशसभाको यो दोस्रो कार्यकाल हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ३५ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले