सरकारमा सहभागी हुने विषयमा जसपाले मंगलबार निर्णय गर्ने « Khabarhub

सरकारमा सहभागी हुने विषयमा जसपाले मंगलबार निर्णय गर्ने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले मुलकको उपलव्धीलाई रक्षा गर्नका लागि पार्टी शसक्त भूमिका निर्वाह गर्ने जनाएको छ ।

सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयता लगाएतका उपलब्धीलाई रक्षा गर्न शसक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताएका थिए । यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले आफुहरुलाई अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झाएको र पछि सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थीतिमा पुगेको बैठकपछि जसपा नेता डा सुरेन्द्र यादवले जानकारी दिए । सरकारमा सहभागीताका बिषयमा मंगलबार छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए ।

वर्तमान सरकारलाई समर्थन गरेको जसपा भित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा विवाद छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ५५ बजे

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक