परराष्ट्रमन्त्री विमला आज श्रीलङ्का जाँदै « Khabarhub

परराष्ट्रमन्त्री विमला आज श्रीलङ्का जाँदै


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री विमला राई पौडेल आज पहिलो विदेश भ्रमणमा निस्कदै छिन् ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन पौडेल आज कोलोम्बो प्रस्थान गर्न लागेकी हुन्।

समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुनवर्द्धनसँग शिष्टाचार भेट गर्ने तयारी छ।

त्यसक्रममा उनी राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछिन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : १० बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले