रविको सत्तास्वार्थले युवा राजनीतिमा निराशा « Khabarhub

रविको सत्तास्वार्थले युवा राजनीतिमा निराशा


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछानेले गृहमन्त्रालयको दाबी नछाड्दा युवा राजनीतिमा निराशा थपिएको छ । स्वतन्त्र पार्टीकै युवा नेताहरू पछिल्लो समय रविप्रति आक्रोशित देखिएका छन् । युवा सांसदहरू लामो राजनीतिमा होमिएका बेला रवि लामिछानेले भने केवल गृहमन्त्रालयमा दाबी गरेर युवा नेताहरुप्रतिको आश र भरोसा तोडिरहेको प्रतिक्रिया बाहिरिन थालेको हो ।

पछिल्लो केही दिनयता रवि लामिछाने निरन्तर चर्चामा छन् । उनका समाचार हेडलाइन धेरै बनिरहेका छन् । देशव्यापी संगठन नभएका बेला उनले निर्माण गरेको पार्टीले रातारात चर्चा र सफलता पाएको छ ।

यस्तो अवस्थामा उनीप्रतिको आश र भरोसा जोडिनु स्वभाविक छ । तर पनि रविले पार्टीभित्र र बाहिर केवल यतिबेला आफूलाई सत्ता केन्द्रित देखाइरहेका छन् । यसले ढिलोचाँडो रविको पार्टीमा विग्रह ल्याउने सम्भावना देखिएको छ ।

अहिले पनि बाहिर रविको बारेमा आएका समाचार तथा उनले गृहमन्त्रालयका लागि गरिरहेको मरिहत्ते सामान्य देखिएको छैन । यसले गर्दा उनको पार्टीका नेता कार्यकर्तालाई पार्टी नेतृत्वको बचाउ गर्न निकै हम्मे बनाएको छ ।

नेपाली राजनीतिमा पहिलेदेखि अहिलेसम्मका नेताहरू केवल सत्ता स्वार्थमा बढी दौडधुप गरिरहेको प्रवृत्ति नौलो होइन । यसबाट आम नागरिक निराश देखिएका छन् । रविको पार्टीबाट पनि आम मानिस निराश हुनु भनेको राजनीतिप्रति फेरि पनि वितृष्णा बढ्नु हो ।

देशमै के गरौँ भन्ने युवा, विदेशमा रहेका युवा र लामो समय राजनीतिमा होमिन चाहेका युवाका लागि यतिबेला रवि रोलमोडेल हुन् । राजनीतिमा केही गरौँ भन्ने युवाका लागि सही समय छ । तर यसका लागि केही न केही गरौँ भन्ने युवाका लागि रविको पार्टी एउटा सही विकल्प बन्न सक्थ्यो ।

तर जसैगरी दुःख दिएर रविको पार्टीमा लागेका युवा नेताहरूलाई निराश बनाउन अन्य राजनीतिक दलका नेताहरू सक्रिय हुने सम्भावना रहेका बेला रवि नै पार्टीप्रति अनुदार भएर केवल सत्ता स्वार्थमा दौडिनु राम्रो होइन ।

यसले उनको राजनीतिक दौडमा धेरै कुराको अर्थ राख्ने हुँदाहुँदै पनि केवल गृहमन्त्रालयको पछाडि दौडिनु राम्रो हुँदै होइन । यसले उनको जीवनमा केही न केही ठूलै अर्थ राख्छ । राजनीतिक रुपमा ठूलो समस्या हुन्छ । तर पनि यो निराशाभन्दा बढी आशा राख्ने बेला हो ।

तर आशाको एउटा दियो जलेका बेला लामो राजनीतिक सम्भावना छाडेर केवल सत्ता स्वार्थको पछि दौडिनु रविका लागि नैतिक विषय होइन । ठूला पार्टीहरु एमाले, कांग्रेस र माओवादी केवल सत्ता स्वार्थमा लागेका बेला रविजस्ता युवाहरू देश बनाउने अभियानमा होमिनुपर्ने टड्कारो आवश्यकता भएपनि यसतर्फ पुरै बेवास्ता गर्नु रविकै लागि ठूलो घाटाको विषय हो ।

रवि जतिदिन सत्ताका लागि बालकोट र बालुवाटार धाइरहेका छन्, त्यति दिन नै स्वतन्त्र पार्टीको एउटा उचाइ घट्दै गएको छ । रविको पार्टीका नेता तथा कार्यकर्ता पनि पुरानै प्रवृत्तिमा होमिएको दृश्य देख्न सकिन्छ । यसले रविको पार्टीमा भोलि विग्रह मात्रै होइन, आगामी दिनमा यसले आम नागरिकको आशामा निराशा पनि थपिएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १ : २१ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका