कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि छलफल गर्ने « Khabarhub

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि छलफल गर्ने


१९ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल तथा सत्ता गठबन्धनका अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको बैठकले विपक्षी गठबन्धनमा रहेको नेकपा (एकीृकत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा तथा सत्तागठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय भएको जानकारी दिए । उनले पार्टीले राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी समेत गरिरहेको बताए। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका यही माघ २३ मा हुँदैछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १२ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया