गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय रास्वपाकै हो : ओली « Khabarhub

गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय रास्वपाकै हो : ओली


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउने बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुगेका ओलीले विमानस्थलमा संचारकर्मीसँग यसअघि सत्ता साझेदार दलमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउने बताएका हुन् ।

रास्वपाले गृह मन्त्रालय पाउने भन्दै उनले मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । ‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’

राष्ट्रपतिमा माओवादी नेताहरूले राष्ट्रिय सहमति भनिरहेका बेला ओलीले एमालेकै उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १२ : ५१ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति