गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय रास्वपाकै हो : ओली | Khabarhub Khabarhub

गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय रास्वपाकै हो : ओली


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउने बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुगेका ओलीले विमानस्थलमा संचारकर्मीसँग यसअघि सत्ता साझेदार दलमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउने बताएका हुन् ।

रास्वपाले गृह मन्त्रालय पाउने भन्दै उनले मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ । ‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’

राष्ट्रपतिमा माओवादी नेताहरूले राष्ट्रिय सहमति भनिरहेका बेला ओलीले एमालेकै उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १२ : ५१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका