संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएका छन् । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरे ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिभुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।’ उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे । 

‘संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढंगले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु’, उनले भने ।

उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढंगबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे । संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राखे । 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए । उनले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो । संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो’, उनले भने ।  

संसद्को प्रभावकारी भूमिका र गरिमा बढाउन संसदीय प्रक्रिया र पद्धतिको कुशल अवलम्बन गरेर मात्रै संसदीय दायित्व निर्वाह हुने र जनताप्रति उत्तरदायी हुने भएकाले यहाँ प्रस्तुत हुने व्यवहार र विचारलाई मर्यादित र संसदीय व्यवहारअनुरुप हुनुपर्ने उनको भनाइ छ । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरे । उनले भने, ‘म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।’ 

उपसभामुख रानाले संसद्मा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए। ‘म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी  गर्दैै उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु, ‘उप–चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।’ जनप्रतिनिधिले जनताको चाहनाअनुरूप संसदीय प्रक्रिया र प्रणालीमार्फत जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ ।

 संघीय संसद्का महासचिव डा. भरतराज गौतमले संसदीय प्रक्रिया र अभ्यासबारे सांसदलाई अभिभुखिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले संसद्को प्रमुख कार्य सरकार गठन, कानुन निर्माण, सरकारको नीति तथा कार्यक्रममा छलफल, वार्षिक बजेट निर्माण तथा सरकारको काम कारबाहीको निगरानी गर्दै सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने प्रमुख भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसद्को मर्यादा र सांसदको भूमिका विषयमा प्रशिक्षण दिनेछन् । संसदीय प्रक्रिया र अभ्यासबारे पूर्वउपसभामुख पुष्पा भुसालले प्रस्तुति दिनेछन् भने संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीबारे वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य खिमलाल देवकोलाले प्रशिक्षण दिने छन् ।

त्यसैगरी, पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा प्रस्तुति दिनेछन्। नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले प्रशिक्षण दिने कार्यतालिका छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  २ : ४३ बजे

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस्

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय

सकियो  ‘पुजार सार्की’को छायांकन 

काठमाडौं– नायकहरू आर्यन सिग्देल,  प्रदीप खड्का र पल शाहको मुख्य