चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने « Khabarhub

चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरे ।

 उनले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए । 

कूल १४ करोड २४ लाखको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ । ‘सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ । हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ’, उनले भने । 

सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी-अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उनको भनाइ छ । उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

आयोजना निर्माणको जिम्मा लोहनी-लोहनी एण्ड सन्स्-हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ । आयोजनाको काम विसं २०८१ जेठ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने छ ।सौराहामा करिब ३० करोडको बजेट परेको भन्दै उनले नगर गौरवको आयोजनाअन्तर्गत बूढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कूल  तीन करोड ९५ लाखको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । नगरप्रमुखका रुपमा पञ्चवर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

रत्ननगर-६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताए । रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकाले सौराहालाई नमूना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे । 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ३ : ०८ बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी