सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ « Khabarhub

सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो। ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए। उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। 

फैसला भएको एक दशकसम्म पनि आरोपित फरार रहेका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ । चौधरी  कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ३ : २९ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई