अयोध्याको राम मन्दिर ट्रष्टलाई देवशीला हस्तान्तरण  « Khabarhub

अयोध्याको राम मन्दिर ट्रष्टलाई देवशीला हस्तान्तरण 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अयोध्या– भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ।

 जानकी मन्दिर जनकपुरका महन्थ राम तपेश्वर दास, पूर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पुजा गर्दै श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् ।

अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।  गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो ।

 शिलालाई धनुषाबाट अयोध्या पुर्‍याई सकेको छ । भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिर पुर्‍याई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गर्दै औपचारिक रुपमा ग्रहण गरि बिहीबार राम मन्दिर ट्रष्टको जिम्मा लगाइएको हाे  ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : ०८ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै