बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम « Khabarhub

बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि रूपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रुपमा बालविवाह रोकिएको छ । रूपन्देहीको मर्चवारी गाउँपालिकाले पनि बालविवाह तथा लैंगिक हिंसा अन्त्य गर्न र संस्थागत सुत्केरी दरमा वृद्धि गरी बालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बालिका बिमा कार्यक्रम लागू गरेको छ । 

विपन्न परिवारहरूको बसोबास रहेकाले शिक्षा दिनसमेत नसक्ने र छोरीलाई चाँडै विवाह गर्ने प्रचलन रहेको छ । अभिभावकलाई लोभमा पारेर छोरीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्ने उद्देश्यले बालिका बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाको दाबी छ । 

बालिकाहरूको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी जन्मनेबित्तिकै बिमा गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपलिका अध्यक्ष बालिका बिमा योजना कार्यक्रम लागू भई कार्यान्वयनको चरणमा छ । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सुरु गरेको अभियानमा हालसम्म ९१ जनाले सहभागिता जनाएका छन । 

ममर्चवारी गाउँपलिका अध्यक्ष गयाप्रसाद बरईले चालु आर्थिक वर्ष २०० देखि २५० जनालाई यस अभियानमा जोड्ने लक्ष्य लिएको बताए । यसका लागि ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बरईले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : ३२ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै