माओवादी बैठक : रास्वपाले धैर्यता गर्नुपर्छ « Khabarhub

माओवादी बैठक : रास्वपाले धैर्यता गर्नुपर्छ


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने।

प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णीत भएको र बैठक भोलि फेरि बस्ने महराले बताए।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए। रास्वपाको केन्द्रीय  समिति र संसदीय दलको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ५ : ५२ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६