बसको ठक्करबाट बालिकाको मृत्यु « Khabarhub

बसको ठक्करबाट बालिकाको मृत्यु


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट नमोबुद्ध नगरपालिका–२ की आठ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । घटनापश्चात आक्रोशित भीडले बसमा आगजनी गरेका छन् । घटनाका कारण भकुण्डेबेँसी तनावग्रस्त बनेको थियो । घटनापश्चात बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : १४ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै