सुनकोशीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन « Khabarhub

सुनकोशीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म २, वडा ३ मा १, वडा ५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिए ।

सामुदायिक स्वास्थ्य एकाइमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछ । ओपिडी, बालस्वास्थ्य सेवालगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य एकाइमा उपलब्ध हुनेछ । सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सुविधा भने उपलब्ध नहुने हायुले बताए । प्रत्येक सामुदायिक स्वास्थ्य एकाइमा अहेव र अनमीको दरबन्दीसहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : ३७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै