युट्युब हेरेरै उद्यमी, तीन महिनामै असुल भयो लगानी | Khabarhub Khabarhub

युट्युब हेरेरै उद्यमी, तीन महिनामै असुल भयो लगानी


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बझाङ : सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा हुन भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए ।

खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उनलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो ।

“अब कुनै न कुनै व्यवसायमा हात हाल्नुप¥यो सोचिसकेको थिएँ”, उनले भने , “दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।”

दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार ग¥यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले ।

दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहेका थिए । पालिकाभरि नै डुले। बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुने । त्यसपछि उनको सोच चाउमिन उद्योगमा गयो । “गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुप¥यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ”, उनले भने, “कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।”

बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उहाँ सुनाउँछन् । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ ।

जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । “हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ”, उहाँले भन्नुभयो । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पु¥याउनै नसकेको उनी बताउँछन् । उनी बजारमा चाउमिन पु¥याउन पनि आफैँ जान्छन् । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउँछन् ।

तीन महिनामै असुल भयो लगानी

जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । “सुरूआती तीन महिनामै लगानी असुल भइसक्यो”, उनी भन्छन्, “अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पु¥याउन सकेको छैन ।” उहाँका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । “अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु”, उनले भने, “अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।”

जोशीले उद्योग सुरु गर्दा सुरुमा रु पाँच लाख लगानी गरेका थिए । “सुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ”, उनी भन्छन् ।

अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन् । “सुरुमा जागिर नछोड् भनेका हौँ”, उनका दाजु वाल्मीकि जोशीले भने, “अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।”

जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत भएका छन् । “काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।”

उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए। चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उनी बताउँछन् । “दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन”, उनी भन्छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : ५२ बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय