सफा खानाले मौसमी फ्लुबाट जोगाउँछ « Khabarhub

सफा खानाले मौसमी फ्लुबाट जोगाउँछ

फ्लु सर्ने माध्यम र यसको उपचार


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हामी विस्तारै चिसो मौसमबाट गर्मी मौसमतिर गइरहेका छौँ। त्यसैले मौसम परिवर्तन हुँदै गर्दा धेरै सरुवा रोग लाग्ने गर्छन्। संसारमा धेरै लाग्ने सरुवा रोग भनेर रुघाखोकीलाई लिइएको छ। यो धेरैलाई सताउने समस्या भनेर मौसमी फ्लुलाई लिइन्छ। यो धेरै भाइरसको कारणले हुन्छ। त्यसैले खानपानमा ध्यान दिएर मौसमी फलफूलको सेवन गर्नु राम्रो हुन्छ। जस्तोः सुन्तला, कागतीपानी र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। त्यसैले यो मौसममा के कसरी मौसमी फ्लु हुनबाट बच्न सकिन्छ ? घरमै यसको उपचार के हुनसक्छ ? भन्ने विषयमा आधारित भएर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

मौसमी फ्लु भनेको के हो ?
मौसमी फ्लु सबैभन्दा धेरै मौसम परिवर्तन हुने समयमा देखिन्छ। हाम्रो देशमा यो १२ महिना नै फैलिन्छ। नेपालमा मौसमी रुघाखोकीको उपनामले पनि चिनिन्छ। यो मौसममा भाइरल ज्वरो, रुघाखोकी लागेका बिरामी अस्पतालमा बढ्छन्। प्रायः युवा आफ्नो दैनिक दिनचर्यामा बाहिर निस्किने हुँदा उनीहरूमा बढी देखिएको पाइन्छ। तर यसले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी र गर्भवतीलाई जोखिममा राखेको देखिन्छ। मौसमी फ्लु गर्मी मौसम लाग्दै जाँदा थप हुँदै जाने विगतका हाम्रा अनुभव धेरै छन्।

मौसमी फ्लु सर्ने माध्यमहरू के के हुन् ?
विभिन्न माध्यमले यो फ्लु सर्ने हुन्छ। सबैभन्दा बढी सर्ने भनेको पानीबाट नै हो। यसका माध्यमलाई बुँदामा निम्न अनुसार बताउन सकिन्छ :

पानी :- काठमाडौँमा पानी किनेर खाने कारणले गर्दा त्यसको माग धेरै हुन्छ। हामीले किनेर ल्याएको पानी राम्रो नहुन सक्छ। फोहोर पानीको सेवनले मौसमी फ्लु चाँडो सक्रिय हुन्छ। त्यसकारण उमालेको पानी मात्र पिउनुपर्छ।

सरसफाई :- फोहोरमा संक्रामक किटाणुहरु थप सक्रिय हुने हुँदा दैनिक सरसफाइमा ध्यान दिनुपर्छ। आफू सफा भएर मात्र हुँदैन खानेकुरा पनि सफा र ताजा खानुपर्छ।
– रुघाखोकी लागेका मान्छेहरूको नजिक बस्नाले वा उनीले मास्क प्रयोग नगर्दा यो रोग सर्न सक्छ।
– मौसमी फ्लु भएको व्यक्तिले प्रयोग गरेका तौलिया, कपडा, तथा अन्य बिरामीका सामान निरोगी व्यक्तिले प्रयोग गर्नु हुँदैन।
-बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ।
मौसमी फ्लु बाट बच्ने उपायहरू के के हुन् ?
स्वास्थ्य बन्नका लागि सबैभन्दा ठूलो उपाय आफूले आफैंलाई विशेष ख्याल र हेरचाह गर्नुपर्छ। जस्तै :
– बाहिर हिँड्दा राम्रो मास्कको प्रयोग गर्ने,
– घरमा राम्ररी पकाएका सफा र झोलिलो खाना खाने, हरियो सागपात प्रशस्त मात्रामा खाने,
– पर्याप्त मात्रामा आराम गर्ने,
– तोकिएको समयमा इन्जेक्सन लगाउने,
– हाच्छुयूँ गर्दा नाक मुख छोपेर गर्ने,
– फ्लुको लागि नेपाल सरकारले निःशुल्क औषधि दिएको छ। चिकित्सकको सुझावमा त्यो औषधि लक्षण देखिएको ४८ घण्टामा खायो भने निको हुन्छ।
– स्वासप्रश्वासमा समस्या भयो भने नजिकैको अस्पताल जानुपर्छ।
– हरेक औषधि डाक्टर र स्वास्थ्यकर्मीसँग सोधेर खाँदा राम्रो हुन्छ। सामान्य समस्या देखिएमा सिटामोल, डिकोल र साइनेक्स खाने चलन छ। यसले ठूलो असर त गर्दैन तर चिकित्सकको सुझाव अनुसार औषधि खानु राम्रो हुन्छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : १९ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक