एभर्टनमाथिको जीतपछि आर्सनलको शीर्षस्थान कायमै | Khabarhub Khabarhub

एभर्टनमाथिको जीतपछि आर्सनलको शीर्षस्थान कायमै


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ।

आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेको हो।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा घरेलु टोली आर्सनलले  ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो।

पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल २–० को अग्रता दिलाए  भने ७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले थप अघि बढाए।

८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए।

जित पछि शीर्षस्थानसहित आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ भने पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा सीमित छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : ४९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन