आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो « Khabarhub

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन्। आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनी बताउँछन्।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन्। उनी भन्छन्, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ।” धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा सात हजार एक सय ५४, आव २०७७-७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८-७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन्।

चालु आर्थिक वर्ष २०७९-८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिए। सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन्। भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मङ्सिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन्।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन्। अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायले सुनाए। आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनी बताउँछन्।

पछिल्लो समय दैनिक ३०-३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ। स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उनले बताए। उनी भन्छन्, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ।” जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : २४ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका