बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो « Khabarhub

बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार प्रतिसेयर १००अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ। कर्मचारीका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सुरक्षित गरिसकेको छ।

बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

यसमा फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन्। उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा चैत २ गतेसम्म भर्न पाइनेछ।

यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ११ : ५३ बजे

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्