राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्न एमाले नेता रास्वपाको कार्यालयमा « Khabarhub

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्न एमाले नेता रास्वपाको कार्यालयमा


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् ।

 बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरूलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।

नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरूलाई भेटेका हुन् । यसअघि बिहीबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई एमाले नेताहरुले भेटेर मत मागेका थिए ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  २ : ३७ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी