‘जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु’ « Khabarhub

‘जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु’


१८ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताएकी छिन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिइन् ।

उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ भने ।

उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नु छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैन ।

पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सांसदको क्षमता अभिवृद्धि तथा सदनमा प्रस्तुत भएका विधेयकबारे छलफल र सुझाव लिएर सहज वातावरण बनाउन सकिन्छ ।’

उनले उपाध्यक्ष पद उपेक्षित पद नरहेको जनाउँदै यही जिम्मेवारी र भूमिकालाई नेतृत्व विकास र निर्णायक क्षमता अभिवृद्धि गर्न समन्वय र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ५६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल