यूएईलाई ७ रनले हराउँदै नेपाल यू–१९ विश्व कपमा | Khabarhub Khabarhub

यूएईलाई ७ रनले हराउँदै नेपाल यू–१९ विश्व कपमा


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो । नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।

सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।

यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ६ : १४ बजे

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा