विश्वकप लिग-२ : युएईसँग नेपाल पराजित | Khabarhub Khabarhub

विश्वकप लिग-२ : युएईसँग नेपाल पराजित


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ । दुबै अन्तर्राष्ट्रिय मैदानमा युएईले बनाएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ६० रन बनाउनु सर्वाधिक रह्यो ।

उनीबाहेक अन्तिम नम्बरमा ब्याटिङका लागि आएका सन्दीप लामिछानेले २६ रनको अविजित इनिङ खेले । उनीबाहेक आसिफ शेखले १७ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो । अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका लागि जुनाइद सिदिकीले २ विकेट लिँदा रोहन मुस्तफा र कृथिक मियापानले समान ३–३ विकेट लिए । त्यस्तै, सविर अली, जाहुर खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा भृतीया अर्विन्द १८ रनको स्कोर तयार गरे ।

त्यस्तै, रोहन मुस्ताफा ५२ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहँदा कप्तान चुन्डनगापोयी रिजवानलाई २२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट हात पारेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : २३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको