आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन  « Khabarhub

आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन 


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।  

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेगरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५