लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक  « Khabarhub

लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक 


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर-दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताएकी छिन् । ग्रामीण विकास टुकी संघद्वारा आज दोलखामा आयोजित प्रदर्शनी कार्यक्रममा राष्ट्रपति भण्डारीले सो नाका खोल्न सकेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने र यसबाट समग्र नेपालकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

‘प्राचीनकालदेखि नै दोलखा जलस्रोतमा धनी छ । स्वदेशी पूँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र अन्य विद्युत् आयोजनाहरूमार्फत यो जिल्लाले देशको विद्युत् उत्पादनमा उल्लेख्य योगदान पुर्‍याएको छ । तामाकोसी तेस्रो जलविद्युत् आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्नु जुरुरी छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

उनलेभनिन्, ‘जैविक विविधताले भरिपूर्ण हिमाल, पहाड र बेँसीहरूको धनी दोलखा जिल्ला पर्यटकीय महत्त्वको जिल्ला पनि हो । हिमचितुवारेडपाण्डाजस्ता लोपोन्मुख जङ्गली जनावरको बासस्थान रहेको यहाँका वनजङ्गल र जडीबुटी समुदायको जीविकोपार्जनका स्रोत पनि हुन् । यसका साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय स्थलहरू, विविध जातजाति र समुदायका सांस्कृतिक सम्पदा, प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थलहरू पर्यटन क्षेत्रका दरिलो आधार हुन् ।’

दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर, त्रिपुरासुन्दरी मन्दिरका साथै बिगु गुम्बा, चरिघ्याङ गुम्बालगायत बौद्धमार्गीहरूका विभिन्न गुम्बा धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्यलाई प्रवर्द्धन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक, चौँरी र भेडापालन व्यवसाय गर्ने किसानका समस्यालाई सम्बद्ध पक्षले उचितरूपमा सम्बोधन गर्न उनले आग्रह गरिन् ।

उच्च भेगमा गरिने पशुपालनका लागि चरिचरनमा सहजता, पशु बिमाको सुलभ व्यवस्था, उत्पादित वस्तुको ढुवानी र बिक्रीका लागि बजारको व्यवस्था गर्न सम्बद्ध निकायको ध्यान जानुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले खाद्य उत्पादनका लागि बर्सेनि मलको अभाव खेपिरहेका किसानको मर्कालाई मध्यनजर गर्दै कृषि क्षेत्रमा विशेष सहुलियत र अनुदानको व्यवस्था हुनुपर्छ भन्ने जनआवाजलाई समेत सम्बद्ध पक्षले उचित ध्यान दिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले दोलखाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी निर्माण गर्ने आयोजनालाई सफल बनाउन पनि सम्बद्ध पक्षले आवश्यक पहल गर्नुपर्ने बताइन् ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : ४१ बजे

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले

संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा