तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छत्रेश्वरीलाई « Khabarhub

तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छत्रेश्वरीलाई


१८ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि  सल्यानको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ काँस्य पदक गरी २७ पदक  हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो । 

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ काँस्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ काँस्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ। ६ स्वर्ण, ४ रजत १० काँस्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ काँस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० काँस्य, त्रिवेणी गाउँपालिकाले ४ काँस्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य र कालिमाटी गाउँपालिकाले १ रजत र १ काँस्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रातर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्शलआर्टका खेलमा जिल्लाका १० वटा पालिकाका खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ४८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६