युनाइटेडमाथि आर्सनलको सानदार जीत  « Khabarhub

युनाइटेडमाथि आर्सनलको सानदार जीत 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को जित दर्ता गर्दै शीर्षस्थान कायमै राखेको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औँ मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औँ मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलो हाफमा नै अग्रतालाई दोब्बर पारे ।

पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औँ मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए । तर, ७६औँ मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात् ८४औँ मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४–१ को सानदार जित दिलाउन सफल भए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ । जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको आर्सनललाई पछ्याउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित लिड्स भने २६ अंक जोडेर १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ५९ बजे

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी