पसिना किन आउँछ ? « Khabarhub

पसिना किन आउँछ ?


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थीबाट पसिना बन्दछ। अब गर्मीयामको सुरुवातपछि पसिना आउने समस्याबाट हामी धेरै मानिस पिरोलिने गरेका छौँ।

एक हिसाबले पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ। पसिनाको रूपमा शरीर भित्र रहेका विकार बाहिर आउँछन्। पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन्। कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गर्छन्। तर त्यो सत्य होइन।

शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरूप कैयौँ प्रकारका शारीरिक रोग उत्पन्न हुनसक्छन्। तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन। अतः शरीरलाई स्वास्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ। पसिना आफैंमा गन्धरहित हुन्छ। शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ। पसिनाको गन्ध भनेको तपाईंको सरसफाइसँग केन्द्रित हुन्छ।

किन आउँछ त पसिना ?
पसिना आउने कारण धेरै हुन्छन्। जसमा वंशाणुगत कारण, गर्मीमा धेरै शारीरिक श्रम गर्दा, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्दा, तेलयुक्त मसलेदार खाना बराबर खाँदा, कब्जियत हुँदा लगायतका कार्यबाट पसिना आउँछ।

अन्य कुनै शारीरिक रोग वा समस्या भएमा व कुनै संक्रमित रोगहरू जस्तो मलेरिया, टाइफाइड, डेंगु ज्वरो लगायतमा रोग लागेमा पनि शरीरबाट पसिना आउँछ। साथै मानसिक तनाव, चिन्ता, डर, भयलगायतबाट पनि बढी पसिना आउँछ। यस्तै शारीरिक रूपले अत्यधिक मोटो हुनु तथा शरीरको इम्युनोसिस्टमको कारण थाइराइड ग्रन्थी बढी सक्रिय भयो भने पनि पसिना धेरै आउँछ।

किन गनाउँछ पसिना ?
पसिना एउटा बास्नाहीन र गन्धरहित हुन्छ। जब हाम्रो शरीरबाट पसिना निस्किन्छ तब छालाको सतहमा तह बन्न पुग्छ। त्यो पसिनामा कुनै किटाणु भयो भने पसिना गनाउँछ। शरीर फोहोर भयो भने पनि पसिना गनाउने हुन्छ। काखी, महिलाको स्तनको बीच भाग, थाइको बीचमा गन्ध धेरै आएको महसुस हुन्छ।

धेरै पसिना आए के हुन्छ त ?
पछिल्लो समय मानिस पसिना निकाल्न साइक्लिङ, व्यायाम, जगिङ्, मर्निङ वाक या जिममा र जुम्बामा जाने गर्दछन्। यसो गर्दा कुनै बेला आवश्यकता भन्दा बढीमात्रामा शरीरबाट पसिना आउनथाल्छ। यसरी आएको पसिनालाई चिकित्सा विज्ञानमा हाइपरहाइड्रोसिस अर्थात् अत्यधिक पसिना आउनु भनिन्छ। विश्वको कुल जनसंख्याको करिब दुई प्रतिशत मानिसमा हाइपरहाइड्रोसिस भएको अनुमान गरिएको छ। सामान्यतः महिलाको तुलनामा पुरुषलाई धेरै मात्रामा पसिना आउने गर्दछ।

बढी पसिना आउन नदिन के गर्ने ?
सामान्यतया हामीले सजिलै गर्नसक्ने र सबैले गर्नसक्ने भनेको आफ्नो शरीरलाइ शितल ठाउँमा राख्ने हो। जसबाट धेरै पसिना आउदैन। पसिना बढी नआउन हामीले खानपानमा पनि ध्यान दिनुपर्छ। जसमा पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग–सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूल तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफी, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढी मसलेदार खाना नखाने, खानामा लसुन, अदुवा , गोलमरीचको प्रयोग कम गर्ने र प्याजको सेवन गरियो भने अत्याधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ।

बढी पसिना आउन नदिने उपाय
घाममा निस्किदा छाताको प्रयोग गर्ने,
पेट्रोलियमबाट बनेका लोसनको प्रयोग नगर्ने,
बेकिङ पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गरेर केही समयपछि नुहाउन सकिन्छ,
बेबि पाउडर, सुगन्धित अथवा सुगन्ध नभएको पाउडर लगाउन सकिन्छ,
पाउडरले पसिनालाई सोस्छ र बिहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ०४ बजे

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर