शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा « Khabarhub

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।

गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग भएको बताए । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरे ।

मुख्यमन्त्री शर्माले भने, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताए । लैङ्गिक समानता र विद्यार्थी सङ्ख्या बढेको छ”, उनले भने, “तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थी कमजोर छन् । प्रमुख सचिव डा खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाए ।

कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुङ्गेश्वर गाउँपालिका दैलेखका पाँचदेखि १६ वर्ष उमेरका बालबालिकाको नेपाली, गणित र अंग्रेजी विषयको आधारभूत सिकाइ मापन गरिएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताए । यद्यपि प्राप्त तथ्याङ्कहरूको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाइ थियो ।

असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एसियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एन्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका पाँच जिल्लामका एक–एक गाउँपालिकाहरूमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजङ्ग शाहीले जानकारी दिए।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ३९ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले