चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्यान्ड टू‍र प्याकेज « Khabarhub

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्यान्ड टू‍र प्याकेज


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन्।

चलचित्र चलाउन आज भोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ। यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन्। केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो।

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ। खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनुपर्ने छ। नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ। खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली व्यक्तिले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन्।

साथै खल्ती एपबाट टिकेट काट्दा प्रोमोकोड बहाव प्रयोग गरेर दश प्रतिशतसम्म पैसा फिर्ता प्राप्त गर्न सक्ने छन्। सिनेमा प्रमोशनमा जोडिन पाएकोमा फिल्म बहावको टिमलाई धन्यवाद दिँदै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न उत्सुक रहेको एम डी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन्। यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्टनर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमलाई बढवा दिने र खल्ती एपमार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशि यो टूर प्याकेजमा रहेको कुरा खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन्।

खल्ती एप नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो। यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्ज, मनी ट्रान्सफर, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी प्रदान गर्दछ भने एम डी ट्राभल्स विगत ६ वर्षदेखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक आइएटीए लाइसेन्स प्राप्त संस्था हो। दुईतर्फी हवाई भाडा र तीन तारे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टूर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोसनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ४१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर