महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेविसंघको असन्तुष्ट पक्षद्वारा नेताहरुको ध्यानाकर्षण « Khabarhub

महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेविसंघको असन्तुष्ट पक्षद्वारा नेताहरुको ध्यानाकर्षण


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले १२औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२ औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले पार्टी कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औँ महाविधेशनको सुनिश्चित गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए भने कांग्रेस नेताहरुले असन्तुष्ट पक्षको मागलाई गम्भीर रुपमा लिएको बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : १३ बजे

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की