वसन्तपुरमा आगामी वैशाख १ र २ गते पर्यटन महोत्सव आयोजना हुने « Khabarhub

वसन्तपुरमा आगामी वैशाख १ र २ गते पर्यटन महोत्सव आयोजना हुने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ शिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए । उनका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव हरेक वर्ष हुनेछ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी हुने बताए ।

महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् । महोत्सको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति स् मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ ।

युवा पर्यटन अभियान्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिज्म’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुनेछन् ।

यस महोत्सवको सूचना प्रविधि आईटी पार्टनर जरुवा रहेको छ भने मिडिया मार्केटिङ पार्टनर ग्रे मिडिया रहेको छ । यस्तै, अनलाइन मिडिया पार्टनर खबरहब डटकम रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : १६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर