मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने « Khabarhub

मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले पुनरावेदन गर्ने भएका छन् ।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।

“तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,” नेता गान्धीको कानूनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन् ।

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो । मानहानी मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य गान्धी अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता आइपीसीको धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गान्धीले गरेको टिप्पणीका कारण समस्त मोदी थर भएका र पिछडिएका वर्गको मानहानी भएको बताउँदै आएका छन् । सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भारतका भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भाजपाका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : १५ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार