खरिदार र लेखनदास १५ हजार घुससहित पक्राउ « Khabarhub

खरिदार र लेखनदास १५ हजार घुससहित पक्राउ


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वीरगंज – भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार एवं एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले