‘आइसिटी डे’ आज अन्तिम दिन | Khabarhub Khabarhub

‘आइसिटी डे’ आज अन्तिम दिन


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ तीन दिनसम्म मनाउँदै छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७ देखि १९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ”, उनले थपे, “सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।” सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको समेत उनले जानकारी दिए ।

दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।

दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आइसिटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ ।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : १५ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ– १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-५

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, १७ बेपत्ता

काठमाडौं– पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा

रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा मुछिएको

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा

कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग

सिमकोट– राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा