‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि सन्नीलाई  « Khabarhub

‘मिसेस युनिभर्स लोयल २०२२’ को उपाधि सन्नीलाई 


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’ मा  ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् ।

विवाहित महिलाहरूको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरू प्रतिस्पर्धी थिए ।

बेलायतबाटै उनले ‘मिसेस युनिभर्स २०२२’ सहभागिता जनाएकी थिइन् । हाल काठमाडौंमा रहेकी सन्नीलाई नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलले सम्मान गरेको छ ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा  १७ जनालाई उछिनेर सन्नीले शीर्ष उपाधि जितेकी थिइन् । 

काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा ब्युटी सम्बन्धी व्यवसाय छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : २८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी