ठमेलमा अपराध न्यूनीकरणका गर्न एकमहिने अभियान सञ्चालन  | Khabarhub Khabarhub

ठमेलमा अपराध न्यूनीकरणका गर्न एकमहिने अभियान सञ्चालन 


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोलेर वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडीमा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा ठगी गर्ने गुनासो बढेपछि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले ठमेलभित्र भएको ध्वनि प्रदूषणलाई रोक्नसमेत अभियानले भूमिका खेल्ने बताए । परिषद्को टोलीले रातको १० देखि १२ बजेसम्म उक्त अभियान सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाइ छ ।

‘सुरुको समयमा पर्यटकलाई दुःख दिने तथा ठमेलभित्र होहल्ला गर्ने व्यक्तिलाई सम्झाइबुझाइ गर्छौं, सम्झाइबुझाइ गर्दासमेत अटेर गरेमा पक्राउ गरेर कारबाही गछौँ’, उनले भने। उनले रातिको समयमा पर्यटकलाई दुःख दिए ठमेल पर्यटन परिषद्मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

कोरोनाले थलिएको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले चौबिसै घण्टा खोल्न दिने निर्णयपछि ठमेलमा रात्रिकालीन व्यवसाय फस्टाएको छ । ठमेलमा होटल, रेस्टुराँ, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्च बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायले व्यवसाय फस्टाएको भए पनि ध्वनि प्रदूषणले समस्या सिर्जना गरेको स्थानीय बताउँछन् ।

परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले सुरक्षित र  व्यवस्थित ठमेल निर्माणका लागि ठमेल परिषद्ले काठमाडौँ महानगरपालिका नगर प्रहरी, प्रहरी वृत्त लैनचौर तथा दरबारमार्ग, ट्राफिक प्रहरी, पर्यटक प्रहरी स्थानीय घरधनी तथा व्यवसायीको उपस्थितिमा अभियान सञ्चालन गरेको बताए ।

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झन्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : ०१ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र