पैसा चोरेर भागेका युवक भक्तपुरबाट पक्राउ « Khabarhub

पैसा चोरेर भागेका युवक भक्तपुरबाट पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङबाट पैसा चोरेर भागेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।

गत १२ पुसमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट पाँच लाख रुपैयाँ चोरेर भागेको आरोपमा भक्तपुरको सूर्यविनायक–५ जगातीबाट रामेछापको सुनापति गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई १७ वैशाखमा पक्राउ गरिएको हो । 

कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ०० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल