पार्टीलाई एकताबद्ध बनाउनु पर्छ : ओली « Khabarhub

पार्टीलाई एकताबद्ध बनाउनु पर्छ : ओली


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आयोजित मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगीका साथ एकताबद्ध बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्ने बताए । “यो पक्षलाई भाग, ऊ पक्षलाई भाग पार्टीभित्र हुँदैन । योग्यता, क्षमता, सक्रियता, योगदानले हेरेर पार्टीले जिम्मेवार दिन्छ”, उनले भने ।

अध्यक्ष ओलीले सङ्गठन सुदृढीकरणका लागि सञ्चालन भएको ग्रासरुट अभियान अझ नपुगेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । “अझ संयमित ढङ्गले कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्नुपर्दछ”, उनले भने ।

उनले एमाले कुनै ठाउँमा नेता तथा कार्यकर्ता नपुगेर कमजोर रहेको भनाइ राखे । सर्वाधिक जनताले मन पराएकाले प्रमुख शक्ति एमाले रहे पनि एमाले सुदृढ भएका ठाउँमा कोही पनि साथीले जित्न नसकेको उनको थियो ।

एमाले कार्यकर्ता इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, “एमाले कार्यकर्ता बेइमान हुँदैनन्। बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।” नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बेला अझ एकताबद्ध हुनुुपर्ने बताए।

“अहिले एमालेभित्र यो चित्त बुझेन, उ चित्त बुझेन, माथि चित्त बुझेन, तल चित्त बुझेन भनेर बस्ने बेला होइन”, उनले भने, “एमालेलाई एकताबद्ध बनाउने, असझदारी छ भने दूर गर्दै पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ ।” उनले नयाँ युवा साथीलाई पार्टीको जिम्मेवारी दिनुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ५८ बजे

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार