शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज « Khabarhub

शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ।

बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ ।

हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो। बिहीबार यस गिरोहमा संलग्न एकजना फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । अझै १२ आरोपी फरार रहेको प्रहरीले जनाएको छ।

अब आइतबारदेखि थुनछेक बहस हुनेछ। थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ८ जना वकिलले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि प्रतिवादीहरु तर्फका वकिलले बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि अदालतले पक्राउ परेकाहरुलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ।

यस प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुर मुद्दा चलाइएको छ। फरारहरुको खोजी तीब्र पारिएको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ०६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको