अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि… « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्।

कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उनी लडेका हुन्।

उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।

सो कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठिक छन्।,’

‘उहाँले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, त्यसैमा ठोक्किँदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक  बेन लाबोल्टले बिहीबारको सो घटनाबारे ट्विटरमा लेखेका छन्।

त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले भने, ‘म बालुवाको झोलामा ठोक्किए, अनि लडे जस्तो भएँ।’

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया