अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि... | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्।

कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उनी लडेका हुन्।

उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।

सो कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठिक छन्।,’

‘उहाँले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, त्यसैमा ठोक्किँदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक  बेन लाबोल्टले बिहीबारको सो घटनाबारे ट्विटरमा लेखेका छन्।

त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले भने, ‘म बालुवाको झोलामा ठोक्किए, अनि लडे जस्तो भएँ।’

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : १९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि

अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा

दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मीको सक्रियता

चितवन– दुर्लभ चरा संरक्षणमा चितवनका संरक्षणकर्मी जुटेका छन् । भरतपुर

नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने 

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर

के हत्केला चिलाउँदा पैसा आउँछ ?  

नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ