प्रचण्ड पुग्नु अघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो   « Khabarhub

प्रचण्ड पुग्नु अघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो  


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

उज्जैन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न पुग्नुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएको छ।

बिहीबार बेलुकी पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हो। चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए। यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाइका थिए।

एबीपी लाइभका अनुसार मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

मुख्य प्रवेशद्धारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भने, ‘कुनै मानवीय क्षति भने भएको छैन। भगवानलाई धन्यवाद, कुनै पनि अप्रिय घटना भएन।’ महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दीद्वारमा उक्त घटना भएको हो।

प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न पुग्ने कार्यक्रम छ। उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन जाने गर्दछन्।

मध्यप्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिए।

महाकाल लोक करिडोरमा स्थापित ६ वटा मूर्ति टुटे पछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यो करिडोर निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ। उनले गुणस्तरहीन सामाग्री प्रयोग गरी गुणस्तरहीन मूर्ति निर्माण गरेको आरोप लगाएका छन्। तर, भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मध्य प्रदेश सरकारले कांग्रेसले लगाएको सो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबर ११ मा ९०० मिटर लामो ‘श्री महाकाल लोक’ करिडोरको पहिलो चरणको उद्घाटन गरेका थिए। कूल रु. ८५६ करोड भारतीय रुपैयाँ लागतमा निर्माण गरिन लागिएको सो आयोजनाको पहिलो चरणमा रु ३५१ करोडको लागतमा महाकाल लोकको निर्माण गरिएको थियो।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।